काठमाडौँ, १० साउन । साताको अन्तिम दिन शेयर परिसूचक नेप्से दोहोरो अंकले घटेको छ भने केही राम्रा कम्पनीहरुको शेयर कारोबार सँगै मूल्य पनि बढेको छ ।
बिहीबार नेप्से १४ अंकले घट्दा समग्रमा साताको परिसूचक दवावमा देखिएको छ । मौद्रिक नीति मार्फत ब्याजदर घटाउन आवश्यक नीतिगत सुधार नभएपछि लगानकर्ताले शेयरको विक्री बढाएका छन् ।
लगानीकर्ताले शेयरको विक्रीचाप बढाए जसका कारण एकै दिन १४ अंक बढीको गिरावट आयो । बजार पूँजीकरण पनि १५ खर्ब ८१ अर्बमा भरेको छ । तर चौथो त्रैमासमा राम्रो प्रतिफल सहित वित्तीय विवरण प्रकाशित गरेका केही बैंकहरुको शेयर मूल्य भने बढेको छ ।
त्यस्तै मौद्रिक नीति सार्वजनिक हुन भन्दा पहिला बैंकहरुलाई मर्जरमा लैजाने हल्लाले पनि लगानीकर्ताले सस्तो शेयर मूल्य भएका बैंकको शेयर कारोबार बढाएका थिए ।






