एसईईमा उत्कृष्ट विद्यार्थीलाई विनायकले दियो १ लाख नगद

भक्तपुर, २८ असार । विनायक शिक्षा निकेतन ईङ्लिस स्कुल मध्यपुर थिमिले २०७५ सालको एसईई परिक्षामा जिल्लामै उत्कृष्ट अंक (जिपिए ४) ल्याउने विद्यार्थी रोजा श्रेष्ठलाई एक लाख एकसय एक रूपैयाँ नगद सहितले सम्मान गरेको छ ।

विद्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थी रोजा श्रेष्ठलाई उक्त राशिको नगद सहितले सम्मान गर्दै मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ भक्तपुर जिल्लालाई नै शैक्षिक हवको रूपमा बिकास गर्न सम्बन्धित निकायहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापतिले विद्यार्थीहरूलाई पढाईमा रुचि दिलाउन र पढाइमा ध्यानकेन्द्रित गर्न आफुले विगत केही वर्षअघि नै उत्कृष्ट अंक ल्याउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेको बताउनुभयो । प्रिन्सिपल प्रजापतिले एसईई परिक्षामा उतिर्ण विद्यार्थीहरूले पारिवारिक स्थिति र आफ्नो क्षमता अनुसार विषय छनौट गरि उच्च शिक्षा हासिल गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयबाट उतिर्ण २७ जना ए प्लस, ४२ जना ए, ५ जना बि प्लस, २ जना बि र १ जना सि प्लस गरि ७७ जना बिद्यार्थीहरूलाई समेत बिशेष सम्मान गरेको सो अवसरमा मध्यपुर थिमि नगरपालिका शिक्षा शाखाका प्रमुख बालकृष्ण गैरे, अभिभावक अभयन्द्र रंजितकार, बिद्यालयका सहप्रधानाध्यापक प्रेम निरौला, विशेष सम्मानित बिद्यार्थी रोजा श्रेष्ठलगायतका बिषयमा शिक्षाको महत्वका बिषयमा बोल्नु भएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य कैलाशभक्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरूले विभिन्न साँस्कृतिक समेत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ