फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ । 

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आगामी  मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्न गइरहेको फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार दिन लागेको हो । 

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल बनाउने उद्देश्यले आयोजना हुन गइरहेको उक्त प्रतियोगितामा अलैँचीलाई प्रवर्द्धन गर्ने नगदको सट्टा अलैँची दिने व्यवस्था गरेको हो ।
 
फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा पुरुष फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता, च्याब्रुङ प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । 

सोमबार सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त विषयमा जानकारी गराइएको हो ।  समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार मेलाको मुख्य आकर्षण पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा घरेलु टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन् ।

फुटबल प्रतियोगिताको विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसँगै तीन लाख दुई हजार ८३ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख ५२ हजार ८३  बराबरको अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा पुरस्कार राशि बराबरको अलैँची प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्