स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका–२ की नीता बगाले रहेका छन् ।

मृत्यु हुनेमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएकामध्ये सीता पाण्डे, कुलानन्द पाण्डे र नीता बगालेको उमेर खुल्न नसकेको प्रहरीले जनाएको छ । नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, सोही स्थानकी गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ भने गोमता र बालकृष्णको अवस्था मध्यम रहेको जनाइएको छ । उनीहरूमध्ये दुई जनाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पताल र एक जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो आज अपराह्न ४ बजेको समयमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित भित्री सडकमा दुर्घटना भएको उक्त स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्