एनपीएल सिजन ३ : लुम्बिनी लायन्स ७ विकेटले विजयी

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ ।

सुदूरपश्चिमविरुद्ध लुम्बिनीले ७ विकेटको जित हासिल गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.३ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गरेको हो । 

लुम्बिनीका लागि डार्सी सर्टले ४० रन बनाए । उनी आउट भएका थिए । लुम्बिनीका आसिफ शेख ३२ रनमा आउट भए । निरोशन डिक्वेला भने ७ रनमा आउट भएका थिए ।

सुदूरपश्चिमका लागि २ विकेट अनिल खरेलले लिएका थिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । लुम्बिनी लायन्स एनपीएल सिजन २ को विजेता हो । सुदूरपश्चिम रोयल्स भने एनपीएल पहिलो र दोस्रो सिजनको उपविजेता टोली हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्