ट्रिटन स्कुलबाट एर्सईई उतिर्णलाई वधाई

‘असल उद्धेश्य भएका मात्रै ट्रिटन कलेजमा आउनु’ : अध्यक्ष शाह

काठमाडौँ, २१ असार । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेबाट २०७५ को माद्यमिक शिक्षा परीक्षा (एसईई) उतिर्ण विद्यार्थीको सम्मानमा विद्यालयले शुक्रबार वधाई र विदाईका साथै विद्यार्थी, अभिभावक र शिक्षकहरुका लागि रात्रीभोजको आयोजना गर्यो । लामो समय पढेर एसईई उतिर्ण भई विद्यालय छोडेर जान लागेका विद्यार्थी देखेर भाइस प्रिन्सिपल ममता शाह भावविह्वल भएकी थिइन् ।

वधाई तथा सम्मान कार्यक्रममा ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल÷कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाह, कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्ट, विद्यालयका निर्देशक राजन सुवेदी, भाइस प्रिन्सिपल ममता शाहले विद्यार्थीलाई टीका र खादा लगाई उपहार दिएर वधाई दिएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल/कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले ट्रिटन कलेज समाजमा अलग पहिचान बनाउन सफल कलेज भएकोले असल व्यक्ति बन्छु भन्ने उद्धेश्य राख्नेहरु मात्रै यहाँ पढ्ने आउने बताए । उनले भने—‘भविष्यमा केही बन्छु भनेर राम्रो उद्धेश्य राख्नेमात्रै ट्रिटनमा आउनु, बदमासी गर्छु, झगडा र फट्याई गर्छु भन्नेहरुलाई ट्रिटनमा प्रवेश छैन ।’

उनले ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलबाट एसईई उतिर्ण सबै विद्यार्थीलाई ट्रिटन कलेज मा पढ्नको लागि विशेष छात्रवृत्तिको व्यवस्था गर्ने घोषणा पनि गरे । ट्रिटन स्कुलबाट एसईई उतिर्ण गर्नेलाई कलेजमा भर्ना शुल्क नलाग्ने मात्रै होइन, धेरै कुराको छुटको व्यवस्था गरिएको छ ।

कार्यक्रममा ट्रिटन इन्टरनेशनल कलेजका भाइस प्रिन्सिपल श्रीकृष्ण विष्टले कलेजमा उपलव्ध विषय र विद्यार्थीको छनौट लगायतका विषयमा जोड दिँदै अन्य कलेज छान्नुभन्दा आफ्नै कलेजमा पढ्दा समय, शुल्क लगायत धेरै विषयमा विद्यार्थीलाई फाइदा पुग्ने बताए ।

विद्यालयका निर्देशक राजन सुवेदीले विद्यालयमा जसरी नै ध्यान दिएर माथिल्लो कक्षामा पढ्नको लागि विद्यार्थीलाई आग्रह गरे भने भाइस प्रिन्सिपल ममता शाहले जतिसुकै पढेपनि आफ्ना अभिभावक र गुरुवर्गले भनेका कुरालाई आत्मसाथ गर्न र उनीहरुलाई सँधै आदर गर्न विद्याथर््ीलाई सुझाइन ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवम् ट्रिटन स्काउट ट्रुपका स्काउट गुरु बलराम प्यासी तथा ट्रिटन इन्टरनेशनल कलेजको प्रशासन प्रमु ऋतु न्यौपानेको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ