मदन स्मारक पूर्वविद्यार्थी तथा शिक्षक संघको चौथो स्थापना दिवस

ललितपुर, १ असार । एकताकाको चर्चित, छात्राहरु मात्रै पढ्ने मदन स्मारक मावि पुल्चोकमा अध्ययन गरेका छात्राहरु तथा अध्यापन गराउने शिक्षकहरुको साझा संस्था मदन स्मारक पूर्व विद्यार्थी तथा शिक्षक संघको चौथो स्थापना दिवस शनिबार भव्य रुपमा मनाइएको छ ।

अन्य विद्यालयको संघहरुमा पुर्व विद्यार्थीहरु मात्रै रहने गरेकोमा सो संघ भने पुर्व विद्यार्थी र शिक्षकहरु संलग्न रहेको नेपालकै एकमात्र विद्यार्थी तथा शिक्षक संघ हो ।

वाङ्गमय शताव्दि पुरुष एव्म संस्कृतिवीद डा.सत्यमोहन जोशीलाई अभिनन्दन गर्दै मदन स्मारक मावि प्रांगणमा संघको चौथो स्थापना दिवस मनाइएको हो । संघकी अध्यक्ष मदन स्मारक माविकी स्काउट गुरुआमा एवम् नेपाल स्काउटकी पुर्व सहप्रमुख आयुक्त पुष्पलता भट्टराईले संस्कृतिवीद डा.जोशीलाई दोसल्ला तथा अभिनन्दनपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै संस्कृतिवीद डा.जोशीले आफ्नो वालल्यकाल, जागीर खाँदाको अनुभव र दुईपटक मदन पुरस्कार पाउँदाको मिठो अनुभवव सुनाउनुभयो । पहिलो र दोस्रो पटक मदन पुरस्कार पाएको उल्लेख गर्दै उहाँले मदन पुरस्कार गुठी र मदन स्मारक मावि बीचको सम्वन्ध स्वर्गीय मदन शमसेर जङ्ग बहादुर राणासंग रहेको उल्लेख गर्नुभयो । मदन स्मारक मावि स्व. मदन शमसेर राणाको स्मृतिमा २०११ सालमा स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै संघकी अध्यक्ष नेपाल स्काउटकी पुर्व सहप्रमुख आयुक्त पुष्पलता भट्टराईले आफुले अध्ययन गरेको र अध्यापन गरेको मदन स्मारक माविको शैक्षिक तथा भौतिक विकासको लागि सबै पुर्व विद्यार्थी तथा शिक्षकहरुले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा विद्यालयको स्वामित्वमा रहेका १३ रोपनी जमीन भाडामा दिने नाउँमा दुरुपयोग गरिएकोमा त्यसको आपत्ति पनि जनाउनुभयो ।

विद्यालयको स्वामित्वमा रहेको जमीन कौडीको भाउमा ४० वर्षको लागि भाडामा दिनु र सडक विस्तारको नाउँमा क्षतिपुर्ति विनानै विद्यालयको जमीन लिनु जायज नभएको भन्दै सम्वन्धित निकायले विद्यालयको सम्पत्तिको संरक्षणको लागि चासो दिनुपर्ने माग गर्नुभयो ।

त्यस अवसरमा ललितपुमहानगरपालिका २० न ंवडाध्यक्ष चन्द्र महर्जन र विद्यालयकी पुर्व प्रधानाध्यापक भूमा शर्माले बोल्नुभएको थियो भने संघकी सचिव विना महर्जनले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

कार्यक्रममा संघकी अध्यक्ष भट्टराईले संघका आजीवन सदस्यहरु संघकी कोषाध्यक्ष लुना डंगोललगायत सदस्यहरु निलम डंगोल, निलम बज्राचार्य, निलम खड्का थापा, सरिता बज्राचार्य, विना महर्जन, कावेली जोशी, सरीता घिमिरे, बसन्ती पौडेल, नितु घले, अञ्जली खड्का, सुनिता मरहठ्ठा, पुण्यशिला दवाडी, डा.सुशिला वैद्य, डा. केशरी बर्जाचार्य, रीना श्रेष्ठ लगायतलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गर्नुभयो । संघमा करीव ९० जना आजीवन सदस्य छन ।

संघको आर्थिक स्रोत बढाउने सन्दर्भमा शनिबारनै मदन स्मारक माविमा पुर्व विद्यार्थीहरुले सुपथ मुल्य पसल सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ