काठमाडौँ, २६ जेठ । विगतका वर्षहरूमा असार १-२ भित्रै निस्कने गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसईई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।




