काठमाडौँ, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको जनाउँदै निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ घटाएको हो । अब पेट्रोल १ लिटरको ११० रुपैयाँ पर्नेछ । निगमले डिजेलरमट्टितेल, हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।




