ग्रामर स्कूलका विद्यार्थीको निर्वाचन सम्पन्न

काठमाडौँ, २ जेठ । ग्रामर पब्लिक स्कुलका विद्यार्थीहरुले आफ्नो अमूल्य मत दिएर कक्षा १० का भरत यादवलाई आफ्नो विद्यालयको क्याप्टेनमा चुनेका छन् भने भाइस क्याप्टेनमा कक्षा ८ का मुकेश थापालाई चुनेका छन् ।

विद्यालयमा सम्पन्न निर्वाचनमा विद्यालयको गोल्डअर्किड हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा आकाश राई र सुम्निमा राई, रोडोडेन्ड्रम हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा क्रिस्टल कार्की र सुहाना श्रेष्ठ, म्याग्नोलिया हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा समर राई र क्रिटिना लोकान्द्री तथा मेरिगोल्ड हाउसको क्याप्टेन र भाइस क्याप्टेनमा गौरव पौडेल र एलिशा चाम्लिंग निर्वाचित भए ।

पूर्ण प्रजातान्त्रिक विधिबाट सञ्चालन गरिएको निर्वाचनमा ग्रामर स्काउट ट्रुपका सबै स्काउटलाई निर्वाचनको सुरक्षाको लागि प्रहरीको रुपमा खटाइएको थियो भने उनीहरु पनि विद्यार्थी मतदाता भएको नाताले आफ्नो मत अधिकार प्रयोग गर्न दिइएको अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्गले बताए ।

एकवर्षका लागि निर्वाचित विद्यार्थी नेताहरुले विद्यार्थीलाई पर्नसक्ने समस्याको समाधान गर्नुका साथै विद्यार्थीहरुलाई अनुशासनमा रहेर विद्यालयका हरेक कृयाकलापमा भाग लिन र विविध समस्या समाधानको लागि विद्यालय प्रशासनसंग सहजीकरण गर्नेछ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल घिसिङ्ग, लगायतले खादा र टिका लगाएर वधाई दिएका थिए भने निर्वाचनको सहजीकरण सामाजिक विज्ञान शिक्षिका देउती राईले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई