श्रमिक शान्ति माविको ‘घरदैलो कार्यक्रम’ शुरु

ललितपुर, ६ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै सामुदायीक विद्यालयतर्फ उत्कृष्ट श्री श्रमिक शान्ति मावि च्यासलले नयाँ विद्यार्थी भर्नाको लागि दोस्रोपटक घरदैलो कार्यक्रम २०७६ सञ्चालन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारका साथै समितिका पदाधिकारीहरु, प्रधानाध्यापक सानुलाल व्यञ्जनकार, सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीसहित विद्यालयका शिक्षक÷शिक्षिका, विद्यार्थीहरुका साथै वडा प्रतिनिधि, च्यासल टोल सुधार समितिका पदाधिकारीहरु समेतको सहभागितामा घरदैलो अभियान शुरु गरिएको हो ।

‘हाम्रो शहर, हाम्रो गाउँ, सबै वालवालिकालाई विद्यालय पुर्याऔं’ भन्ने राष्ट्रिय नाराका साथ गत चैत २७ गते पहिलोपल्ट विद्यालयले नयाँ भर्ना अभियानको लागि पहिलो घरदैलो कार्यक्रम शुरु गरेको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताउनुभयोे ।

पहिलोपल्ट चैत २७ गते विद्यालय हाताबाट शुरु भएको घरदैलो कार्यक्रम ललितपुरको कोबहाल, कुम्भेश्वर, ज्वागलबाट शंखमुल, कोटेश्वर हुँदै ललितपुरको च्यासल हुँदै विद्यालयमा पुगेको थियो ।

यसैगरि बैशाख ४ गते सञ्चालन गरेको दोस्रो घरदैलो कार्यक्रम विद्यालय हाताबाट शुरु भई बालकुमारी मन्दीर, सल्लाघारी, गुँईटोल, पिँछे, पिलाँछे, दुपाट, चपट, हौगल, वलखु हुँदै भिन्द्योलाक्षीसम्म पुगेको थियो ।

चैत २७ र बैशाख ४ गते सञ्चालन गरिएको नयाँ भर्ना अभियानको लागि आयोजित ‘घरदैलो कार्यक्रमबाट ५० जना नयाँ विद्यार्थी भर्ना भईसकेको सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीले बताउनुभयो । यो शैक्षिकसत्रमा अरु सयजना विद्यार्थी थपिने पनि कार्कीले बताउनुभयो ।

यसअघि विद्यालयमा नर्सरी कक्षादेखि १२ कक्षासम्म गरि १ हजार १ सय २५ जना विद्यार्थी अध्यनरत छन । विद्यालयले शैक्षिकसत्र २०७५ देखि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटि) बाट तीनवर्षे डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ्ग विषयको पढाई पनि शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई