भक्तपुरमा एसइइ परिक्षा : समन्वय इकाई प्रमुखलाई पनि प्रवेश पास

भक्तपुर, ११ चैत । आइतवारदेखि शुरु भएको एसइई परिक्षालाई व्यवस्थित तथा मर्यादित बनाउने क्रममा भक्तपुरमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हरि प्रसाद दाहाललाई समेत प्रवेश गर्न पासको आवश्यकता परको छ ।

भक्तपुर इङ्लिस स्कुलमा परिक्षा केन्द्रको रुपमा रहेको आस्था महिला विद्यालयमा परिक्षाको नियमित निरिक्षणका क्रममा पुग्नुभएका प्रमुख हरिप्रसाद दाहाललाई परिक्षाको सुरक्षामा खटिएका प्रहरीले प्रवेश पास नभएसम्म निरिक्षण गर्न परिक्षा केन्द्रमा प्रवेश गर्न रोक लगाएका थिए । परिक्षा केन्द्रका प्रधानाध्यापक आएपश्चात मात्र सुरक्षाकर्मीले प्रमुख दाहाललाई निरिक्षणका लागि प्रवेश दिइएको थियो ।

उक्त विद्यालयमा ५३ वर्षिया मिना आले मगरले आफ्ना वालवच्चासँगै एसइई परिक्षा दिनुभएको छ । यसै गरी समग्रमा भक्तपुर जिल्लामा परिक्षा मर्यादित रुपमा सञ्चालन भइरहेको अधिकाशं विद्यालयहरुले जनाएका छन् ।

देश भरबाट दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई