पवन प्रकृतिका स्काउटको दिक्षा

ल्लितपुर, ५ चैत । पवन प्रकृति इंगलिस सेकेण्डरी स्कूल इमाडोलमा गठन भएको पवन प्रकृति स्काउट ट्रुपका २ दर्जन प्रशिक्षार्थी स्काउटलाई दिक्षा दिइएको छ ।

सो विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राई तथा स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाले संयुक्तरुपमा नवदिक्षित स्काउटलाई स्कार्फ तथा स्काउटको ब्यायजहरु दिएका थिए ।

केही महिनाअघि मात्रै गठन गरिएको पवन प्रकृति स्काउट ट्रुपमा आवद्ध सो विद्यालयका कक्षा ६ का विद्यार्थीहरुलाई पहिलोपटक स्काउट दिक्षा दिइएको हो । विद्यालयमा स्काउट गुरुहरु शिवकुमार त्वायना तथा बलराम प्यासीले स्काउट कक्षा सञ्चालन गर्दै आएका छन् । सो विद्यालयमा स्काउट समितिको अध्यक्ष विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई