पवन प्रकृतिका स्काउटको दिक्षा

ल्लितपुर, ५ चैत । पवन प्रकृति इंगलिस सेकेण्डरी स्कूल इमाडोलमा गठन भएको पवन प्रकृति स्काउट ट्रुपका २ दर्जन प्रशिक्षार्थी स्काउटलाई दिक्षा दिइएको छ ।

सो विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राई तथा स्काउट शिक्षक एवम् भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शिवकुमार त्वायनाले संयुक्तरुपमा नवदिक्षित स्काउटलाई स्कार्फ तथा स्काउटको ब्यायजहरु दिएका थिए ।

केही महिनाअघि मात्रै गठन गरिएको पवन प्रकृति स्काउट ट्रुपमा आवद्ध सो विद्यालयका कक्षा ६ का विद्यार्थीहरुलाई पहिलोपटक स्काउट दिक्षा दिइएको हो । विद्यालयमा स्काउट गुरुहरु शिवकुमार त्वायना तथा बलराम प्यासीले स्काउट कक्षा सञ्चालन गर्दै आएका छन् । सो विद्यालयमा स्काउट समितिको अध्यक्ष विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ