बेबिलोनका विद्यार्थीले जोगाएको खर्चबाट वृद्धवृद्धालाई खाजा

काठमाडौँ, २२ फागुन । बेबिलोन नेशनल स्कुल शान्तिनगरको सामाजिक क्लवमा आवद्ध विद्यार्थीले आफ्नो खाजा खर्च जोगाएर काठमाडौं—१० देवीनगरस्थित प्रौढ कल्याण संस्था नेपालको दिवा सेवामा रहेका ५० जना जेष्ठ नागरिकलाई दुईदिनको लागि खाजाको व्यवस्था गरेका छन् ।
बेबिलोन स्कूलमा गठन गरिएको विद्यालय—प्रहरी समन्वय समितिका पदाधिकारी समेतको सहभागिता रहेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको पनि सहभागिता थियो ।

विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीको नेतृत्वमा गएको शिक्षक सहितको बेबिलोनका विद्यार्थी टोलीले आफुहरुले संकलन गरेको रकम प्रौढ कल्याण संस्था नेपालकी अध्यक्ष प्राध्यापक इश्वरी स्वारलाई हस्तान्तरण गरे । साथै संस्थामा आयोजना गरेको आरती र भजन कार्यक्रममा पनि ति विद्यार्थीहरु सहभागी भए ।

साथै विद्यार्थीहरुले पहिलोदिनको खाजा स्वरुप सो संस्थाको दिवा सेवामा रहेका ५० जना हजुरबुबा हजुरआमालाई खिर, आलुको तरकारी र फूरुनदाना समेत खुवाए ।

टोलीमा विद्यालयको सामाजिक विज्ञान शिक्षक घनश्याम दाहाल, अभिभावक राजश्री राई तथा ९ का विद्यार्थीहरु यांगमा राई, सिम्रन केसी, दिक्षा सिंह, सालिनी गुप्ता, तृष्णा राई, अदिति चन्द, तुषार माकजु, राजन ठकुल्ला र दिवस दाहाल सहभागी थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष प्रा.इश्वरी स्वारले संस्थाको गतिविधिबारे प्रकाश पार्दै संस्था सञ्चालनको लागि आर्थिक अभाव रहेको गुनासो गरीन । आर्थिक अभावकै कारण संस्थामा हाल हप्तामा दुईदिन अर्थात आइतबार र बुधबारमात्रै वृद्धवृद्धाहरु दिवा सेवामा आउने गरेका छन् ।

त्यस अवसरमा डिएसपि काफ्लेले समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संस्थाको लागि आगामी दिनमा प्रहरीले केही आर्थिक तथा भौतिक जोहो गरिदिने आश्वासन दिए भने बेबिलोन नेशनल स्कुलका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीले विद्यार्थीहरु आफैंले स्वस्फूर्तरुपमा आफ्नो खाजा खर्च कटौति गरेर हजुरबुबा हजुरआमाको लागि खाजा खाने व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा स्थगित गरेको छ । उपकुलपति किशनदत्त भट्टका अनुसार

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । प्रहरीका अनुसार अहिलेसम्म १७७