स्वास्थ्य विमा देशव्यापी बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, १४ फागुन । संसदमा स्वास्थ्य विमालाई देशब्यापी विस्तार गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

आज संसदमा नेकपाका सांसद खगराज अधिकारीले प्रस्ताव प्रस्तुत गर्दै सबै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम विस्तार गर्नुपर्ने बताएका हुन् ।

सांसद अधिकारीले ७ वटै प्रदेशमा आईसीयू सुविधासहितको अस्पताल सञ्चालन गर्न आवश्यक रहेको पनि बताए । स्वास्थ्य विमा कार्यक्रम हाल ३९ जिल्लामा लागू गरिएको छ ।

एमबीबीएसको अध्ययन शुल्क सरकारले ४२ लाख तोकेकोमा मेडिकल कलेजहरुले ५२ लाखसम्म शुल्क लिइरहेको भन्दै उनले नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

अधिकारीको प्रस्तावमा समर्थन जनाउँदै सांसद सांसद मनकुमारी जिसीले जनताको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको

काठमाडौँ, १२ कार्तिक । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइ

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको