आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति दीपकराज गिरीको आपत्ति

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् । 

आफ्नो सामान्य भनाइलाई केही अतिवादी कार्यकर्ताहरूले बङ्ग्याएर र सम्पादन गरेर गलत व्याख्यासहित घृणा फैलाएको उनको भनाइ छ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै गिरीले आफूले सधैँ भौतिक आक्रमणको विरोध र बौद्धिक बहसको वकालत गरेको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘कसैलाई लखेट्नु, पिट्नु भगाउनु राम्रो होइन, यदि असहमति छ भने बौद्धिकताले लखेट्नु पर्छ भनेको यही नै थियो’, ‘तर मेरो अभिव्यक्ति लाई केहि अतिवादी कार्यकर्ताहरूले, अनेकौँ फुर्का थपेर, बिचका अंश सम्पादन गरेर, गलत व्याख्या लगाउँदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाउँदै सामाजिक सञ्जाल रङ्गाएको देख्दा ताजुब नै लाग्यो !’

पछिल्लो समय समाजका हरेक कुरामा जातीयता छिराउने र वर्षौँदेखिको सहिष्णुता खल्बलाउने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने प्रवृत्तिको आफू सदैव विपक्षमा उभिएको र भविष्यमा पनि उभिइरहने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव