काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सो भेटमा उनीहरूले फुलब्राइट लगायतका अमेरिकी आदान–प्रदान कार्यक्रमहरूमा सहभागी भई स्वदेश फर्किएका नेपालीहरूको भूमिकाबारे छलफल भएको थियो ।
सन् २०२८ को लस एन्जलस ओलम्पिक तथा पाराओलम्पिक खेलकुदलाई लक्षित गर्दै, उनीहरूबीच खेलकुद कूटनीतिका अवसरहरूबारे पनि छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
भेटमा प्रशिक्षण, खेलाडी विकास र खेलकुद व्यवस्थापनका क्षेत्रमा अमेरिकी विज्ञतालाई नेपाली खेलाडी तथा प्रशिक्षकहरूसम्म कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको थियो ।







