सोमपालले ‘प्लेयर अफ द म्याच’ को पुरस्कार सडकका जनावरको संरक्षणमा दिने

काठमाडौँ, १३ कार्तिक । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन् ।

सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कारबापत प्राप्त शतप्रतिशत रकम सृजना ठकुरीलाई सहयोग गर्ने बताएका हुन्। उक्त रकम सडकमा रहेका जनावरको संरक्षण र सहयोगमा प्रयोग गरिने उनले उल्लेख गरेका छन्।

उनले बिहीबार भएको विराटनगर किङ्ससँगको खेलमा गरेको प्रदर्शनलाई व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितसँग जोड्दै कर्णाली याक्सका लागि योगदान दिन पाउनु आफ्नो लागि विशेष रहेको बताएका छन् ।

कठिन परिस्थितिमा पनि आफूलाई प्रमाणित गर्न पाएको उल्लेख गर्दै उनले आफूलाई विश्वास गर्ने टोली र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद