नेविसंघले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै

काठमाडौँ, १२ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आफ्नो केन्द्रीय कार्यालयमा खबरदारी गर्दै मैन प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पार्टी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो ।

पटकपटक नेपाली कांग्रेसका नेताहरूमाथी आफ्नै केन्द्रीय कार्यालयमा भएको दुर्व्यवहार रोक्न र नेताहरूले एक आपसमा आक्षेप लगाउने कार्यलाई बन्द गर्न दबाव दिन यस खालको प्रदर्शनले मद्दत मुग्ने बताइएको छ । मौन प्रदर्शनमा पार्टीभित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन पनि गर्ने तयारी छ ।

आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको

काठमाडौँ, १२ कार्तिक । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइ

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको