आजको मौसम

काठमाडौँ, १२ मंसिर । अहिले नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराई क्षेत्रको केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ मंसिर । अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा,

एजेन्सी, ११ मंसिर । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक

एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणमा

कायरो, १० मंसिर । इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी