राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

काठमाडौँ, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको थियो ।

साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ मंसिर । बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको

काठमाडौँ, ११ मंसिर । भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५०

पर्सा, ११ मंसिर । वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ

ललितपुर, ११ मंसिर । ललितपुर महानगरपालिका वडा नम्बर १५ भल्पा मन्दिर नजिक भएको चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ