बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च

एजेन्सी, ११ मंसिर । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ ।

सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति दर बढेर ६.४ प्रतिशत पुगेको बेलायतको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

मन्त्रालयको तथ्यांक विश्लेषणअनुसार यो सन् २०१५ सेप्टेम्बरयताकै उच्च अस्वीकृति दर हो । एक वर्षअघि यस्तो दर ३.१ प्रतिशत मात्र थियो । सन् २०२५ डिसेम्बरमा ३.८ प्रतिशत रहेको अस्वीकृति दर सन् २०२६ मार्चमा ४.४ र जुनमा ४.९ प्रतिशत पुगेको थियो ।

चीनका आवेदकलाई हटाएर गणना गर्दा भिसा अस्वीकृति दर अझ बढेर ८.२ प्रतिशत पुगेको छ । भिसा आवेदन फिर्ता लिनेको संख्या पनि उल्लेख्य बढेको छ । सन् २०२६ जुलाईदेखि सेप्टेम्बरसम्म ३ हजार ६८२ वटा आवेदन निर्णय हुनुअघि नै फिर्ता लिइएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७९ मात्र थियो । यसमा ३७० प्रतिशतभन्दा बढी वृद्धि भएको हो । त्यस्तै, जुलाईदेखि सेप्टेम्बरसम्म बेलायतमा विद्यार्थी भिसाका लागि २ लाख ३० हजार ३०० आवेदन परेका थिए ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत कम हो । यस अवधिमा जारी भएका विद्यार्थी भिसाको संख्या पनि १७ प्रतिशतले घटेर २ लाख २७ हजार ६६८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

म्याग्दी, ११ मंसिर । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट

काठमाडौँ, ११ मंसिर । नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । 

काठमाडौँ, १० मंसिर । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया

काठमाडौँ, १० मंसिर । नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल