गाजामा इजरायली हवाई आक्रमण हुँदा हमासका वरिष्ठ नेताको मृत्यु

एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

आक्रमणमा हमासका पूर्व उपशिक्षामन्त्री खालिद अबुन्दाह र उनकी पत्नीको मृत्यु भएको प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएको छ ।

इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । सेनाले आक्रमणबारे विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।

यसैबीच, गाजाका अधिकारीहरूका अनुसार पछिल्ला केही घण्टामा इजरायलले गरेका तीन छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासको नागरिक सुरक्षा संगठनका एक प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार उद्धारकर्ता र स्वास्थ्यकर्मीले आठै जनाको शव अल अक्सा र गाजा सिटीस्थित शिफा अस्पताल पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० मंसिर । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँ, १० मंसिर । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको

सिरहा, १० मंसिर । सिरहाको मिर्चैयामा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

भक्तपुर, १० मंसिर । ‘सफा शहर, सभ्य नागरिक र स्वस्थ समाज’ निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको नेप्सेम्याकले एकै दिन