परिसूचक नेप्से ८.५७ अंकले घट्यो  

काठमाडौँ, ११ मंसिर । सेयर बजार परिसूचक नेप्से आज ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा आइपुगेको छ ।

सूचक घटेर राताम्मे बनेको बजारमा लगानीकर्ताले चार अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर कारोबार गरेका छन् ।

दिनभरजसो बजार राताम्मे बन्दा कारोबारमा आएका २०३ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । ५८ कम्पनीको सेयर मूल्य भने बढेको छ । बाँकी १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन सबैभन्दा धेरै मूल्य बढ्नेमा एनआईसी एशिया बैंक छ । यो बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको हो । घट्नेमा भने सोपान फर्मा छ । यो कम्पनीको सेयर मूल्य ५.३७ प्रतिशतले घटेको हो ।

शुक्रबार लगानीकर्ताले सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको सेयर खरिद–बिक्री गरेका छन् । यो बैंकको २४ करोड रुपैयाँबराबरको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ मंसिर । अमेरिकाको मिडवेस्टदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको शक्तिशाली आँधीले थ्याङ्क्सगिभिङ पर्व प्रभावित बनाएको छ । भारी वर्षा,

एजेन्सी, ११ मंसिर । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक

एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणमा

कायरो, १० मंसिर । इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी