जर्मनीमा २४ घण्टे हडताल घोषणा

एजेन्सी, ६ मंसिर । ज्यालासम्बन्धी विवाद समाधान नभएपछि जर्मनीको सबैभन्दा ठूलो मजदुर संगठन आईजी मेटलले सोमबारका लागि २४ घण्टे चेतावनीमूलक हडताल आह्वान गरेको छ ।

हडतालमा उत्तरी जर्मनीका १९ कम्पनीका करिब २३ हजार कामदार सहभागी हुने संगठनले जनाएको छ । हडतालमा अटोमोबाइल निर्माता मर्सिडिज बेन्ज, पानीजहाज निर्माता मेयर वेफ्र्ट र वायु ऊर्जा कम्पनी सिमेन्स गामेसाका कर्मचारीसमेत सहभागी हुनेछन् ।

यसअघि गत शुक्रबार १७ औद्योगिक केन्द्रमा भएको हडतालमा करिब १२ हजार ३०० कामदारले काम छाडेका थिए । तलबमा ५ प्रतिशत वृद्धि गर्नुपर्ने माग पूरा गराउन रोजगारदातामाथि दबाब दिने उद्देश्यले हडताल आयोजना गरिएको संगठनले जनाएको छ । तर, रोजगारदाताहरूले आगामी वर्ष एकमुष्ट रकम भुक्तानी गर्ने र सन् २०२८ को जुलाईदेखि तलबमा १.३ प्रतिशत वृद्धि गर्ने प्रस्ताव मात्र अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध