अध्यक्ष लिङ्देनको आरोप: विदेशी दबाब र प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष बनाइयो

काठमाडौँ, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाएका छन् ।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको आरोप लगाए । नेपालको राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दुराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्ने उनको भनाइ थियो ।

उनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा राखे । राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै लिङ्देनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए । धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै उनले दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट निलम्बन फुकुवा हुने प्रक्रिया अगाडि बढेको बताएका

काठमाडौँ, ३ मंसिर । दशौँ राष्ट्रिय खेलकुद दुई प्रदेशका सात जिल्लामा आयोजना गरिने भएको छ । आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले

लमजुङ, १ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध