परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता

काठमाडौँ, ३ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् ।

आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका थिए । त्यस अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसग छलफल गरेका हुन् ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदको मौसममा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकाहरू पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गरे । यस्तो परिस्थितिमा काठमाडौंसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउनु आवश्यक रहेको खनालले बताए ।

“तातोपानी नाका काठमाडौंसँग सबैभन्दा कम दूरीमा रहेको र यो नाका हाम्रा दुई मुलुकबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत हो,” मन्त्री खनालले भने, “त्यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउन यो नाका तत्काल खुलाउन आवश्यक छ ।”

शिष्टाचार भेटमा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी काम गर्ने जानकारी दिएका थिए ।

भेटवार्ताका क्रममा दुई पक्षबीच बाढीपछिको पुनर्निर्माण, नेपाल-चीन सम्बन्ध तथा बहुपक्षीयतासहित आपसी हित र चासोका विविध विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ ।  वायु प्रदूषण मापन गर्ने संस्था

काठमाडौँ, ३ मंसिर । झापाको बाह्रदशी गाउँपालिका–५, चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्

काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ । बीएबी ४४३१ नम्बरको