एआई नियमनमा ट्रम्पको असहमति

एजेन्सी, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ । चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए । एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने वार्तामा एआईको तीव्र विकास र त्यसबाट उत्पन्न चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ । साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन् । यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ । ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ । यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो । सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने

एजेन्सी, ३ मंसिर । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठुलो पराजय बेहोरेपछि अर्बपति व्यवसायी एलन मस्कले चुनावमा अत्यधिक पैसा खर्च

एजेन्सी, २ मंसिर । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको

एजेन्सी, २ मंसिर । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अबुधाबीमा भएको वार्ताका क्रममा रुसले नेटोको पूर्वी विस्तार उल्ट्याउँदै सन् १९९७ अघिको