धेरै पैसा खर्च गरेर मूर्खता गरेछु : एलन मस्क

एजेन्सी, ३ मंसिर । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठुलो पराजय बेहोरेपछि अर्बपति व्यवसायी एलन मस्कले चुनावमा अत्यधिक पैसा खर्च गरेकोमा आफूलाई मूर्ख महसुस भएको बताएका छन्।

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कले यस वर्षको मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूको समर्थनमा झन्डै आधा अर्ब अमेरिकी डलर खर्च गरेका थिए। तर, निर्वाचन परिणाम आफ्नो अपेक्षाविपरीत आएपछि उनले खर्च गरिएको रकमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

बुधबार न्यूयोर्क टाइम्सको ‘डिलबुक समिट’ कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै मस्कले भने, ‘यति धेरै पैसा खर्च गरेर पनि त्यसबाट खासै उपलब्धि हासिल गर्न नसकेकोमा मलाई निकै मूर्ख महसुस भइरहेको छ।’ उनले विगतमा फर्केर निर्णय सच्याउन पाउने भए चुनावमा कम पैसा खर्च गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ मंसिर । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।  वैयक्तिक

काठमाडौँ, १ मंसिर । फिल्म ‘रामायण’ले बक्स अफिसमा नयाँ कीर्तिमान रचेको छ । भारतीय बक्स अफिसमा यसले ‘आरआरआर’को रेकर्ड तोडेको

काठमाडौँ, ३० कार्तिक । प्रदर्शनकाे समयमा विवादमा फसेको फिल्म ‘पाँच पाण्डव’ १२ हजार बढीले हेरेको पाइएको छ । चलचित्र विकास बोर्डले

काठमाडौँ, २९ कार्तिक । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको