मन्त्री खनाल र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौँ, ३० कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार  परराष्ट्रमन्त्री खनालसँग राजदूत दलेलाले शिष्टाचार भेट गरेका हुन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको बताइएको छ । साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी  भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाह मंसिरको पहिलो हप्ता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला भारतीय राजदूतले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ३० कार्तिक । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रप ति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर

एजेन्सी, ३० कार्तिक । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड भूउपग्रहमा आधारित इन्टरनेट प्रणालीमाथि लगाइएको गतिको सीमा हटाउन अमेरिकासँग आग्रह गरेका छन्

तेहरान, २९ एजेन्सी । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने

एजेन्सी, २९ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन