काठमाडौँ, ३० कार्तिक । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने एसीसी प्रिमियर कप राइजिङ स्टार्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिता खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । समूहमा नेपालसँग भारत ‘ए’, पाकिस्तान ‘ए’ र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्नेछ । यसपछि नेपालले नोभेम्बरमा २२ मा यूएईसँग खेल्ने तालिका छ भने नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ ।
त्यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।
नेपाली टिम : सन्दीप लामिछाने, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, इशान पाण्डे, रशिद खान, देव खनाल







