इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो

तेहरान, २९ एजेन्सी । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।

अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः २५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।

इलाम चिकित्सा विज्ञान विश्वविद्यालयको आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न

काठमाडौँ, २९ कार्तिक । उदयपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीअ अनुसार चौदण्डीगढी नगरपालिका–१०

काठमाडौँ, २९ कार्तिक । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको

काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर