एसीसी प्रिमियर कप राइजिङ स्टार्स खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौँ, ३० कार्तिक । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने एसीसी प्रिमियर कप राइजिङ स्टार्स खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिता खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । 

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । समूहमा नेपालसँग भारत ‘ए’, पाकिस्तान ‘ए’ र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्नेछ । यसपछि नेपालले नोभेम्बरमा २२ मा यूएईसँग खेल्ने तालिका छ भने नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । 

त्यसैगरी, प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् । 

नेपाली टिम : सन्दीप लामिछाने, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, इशान पाण्डे, रशिद खान, देव खनाल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बेइजिङ, ३० कार्तिक । चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रप ति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आगामी नोभेम्बर

एजेन्सी, ३० कार्तिक । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्टारसिल्ड भूउपग्रहमा आधारित इन्टरनेट प्रणालीमाथि लगाइएको गतिको सीमा हटाउन अमेरिकासँग आग्रह गरेका छन्

तेहरान, २९ एजेन्सी । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने

एजेन्सी, २९ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन