प्रेस स्वतन्त्रतामा सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री कार्यालय

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ ।

आज नियमित पत्रकार सम्मेलनमार्फत कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल तथा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका हुन् ।

ब्रिफिङको अन्त्यमा बोल्दै प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकार प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट रहेको बताइन् । उनले भनिन्, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ, यो हाम्रो संवैधानिक व्यवस्था पनि हो। मिडियाले उठाएका हरेक सवालप्रति सरकार सजग छ। नागरिकसम्म सरकारका काम पुर्‍याउन सञ्चार जगत्‌को महत्त्वपूर्ण भूमिका छ र हामी सबैको साझा प्रयासबाट मात्र परिवर्तन सम्भव छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । देशका पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो