म कुनै पनि कुराबाट तर्सिने मान्छे होइन : गगन थापा

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले आफ्नो राजनीतिक जीवनमा कुनै पनि आर्थिक लेनदेन वा अनैतिक काम नभएको र आफ्नो‘‘हात सफा’ रहेको बताएका हुन्।

प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी इनम सापकोटाको अडियो सार्वजनिक भएपछि कांग्रेसको आधिकारिकता र आफ्नो नाम समेत जोडेर हल्ला चलाइएको भन्दै थापाले त्यसको कडा खण्डन गरेका छन् । पार्टीको विशेष महाधिवेशन र आधिकारिकताको विषयलाई लिएर बाहिर आएको अडियोबारे बोल्दै थापाले पार्टीभित्रको रूपान्तरण युवाहरूको विद्रोह भएको बताए । 

उनले भने, “कांग्रेसको विशेष महाधिवेशन भनेको पार्टी रूपान्तरणका लागि भएको विद्रोह थियो । विद्रोह गर्नेले परिणामको चिन्ता गर्दैन र करोडको कुरा पनि गर्दैन,” “नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा एक रुपैयाँ त के, एक सुकाको पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम भएको छैन।” अनुसन्धान निष्पक्ष भयो भने ‘दूधको दूध, पानीको पानी’ छुट्टिन्छ, हामी त्यसकै प्रतीक्षामा छौँ,” । “मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । ५–७ दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले दलहरूसँग संवाद गर्नुपर्ने मेरो जिम्मेवारी हो,” “त्यही क्रममा मैले केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको हुँ। यसमा लुकाउनुपर्ने केही छैन।”

अडियो प्रकरण सार्वजनिक भएपछि डराएर मध्यरातमा विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्न हिँडेको भन्ने चर्चालाई थापाले अस्वीकार गरेका छन्। आफू कुनै पनि कुराबाट ‘तर्सिने मान्छे नभएको’ उल्लेख गर्दै उनले पछिल्ला भेटघाटहरू मधेस प्रदेश सरकारको विश्वासको मत लिने सन्दर्भसँग जोडिएको स्पष्ट पारे।

सरकारको गलत काममाथि प्रश्न उठाउँदा आफ्नो ध्यान भड्काउन ‘प्रायोजित भाष्य’ तयार गरिएको थापाले दाबी गरे। “हामीले जहिले सरकारमाथि प्रश्न उठायौँ, ठ्याक्कै त्यही बेलाबाट यस्ता प्रायोजित कथा सुरु गरिन्छ,” उनले भने, “तर यस्ता हल्लाले हाम्रा प्रश्नहरू रोकिँदैनन्। लोकतान्त्रिक अधिकार खुम्च्याउने र संस्थाहरू कमजोर पार्ने काम भए हामी चुप लागेर बस्दैनौँ।”

पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो निष्ठामा शङ्का नगर्न आग्रह गरे। उनले भने, “तपाईंको भाइ, दाइ, छोरा वा महामन्त्री गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कालो छैन। ‘माई ह्यान्ड्स आर क्लिन’। म कमजोर भएको भए शक्तिशाली सत्तासँग लड्ने आँट आउने थिएन।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन