कसैप्रति प्रतिशोध साधिँदैन : आईजीपी केसी

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका विषयमा बोले । उनले कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए । व्यक्तिगत विषयलाई संगठनमा नजोड्ने र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए ।

त्यस्तैगरी संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने पनि उनले बताए । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव नपर्न पनि निर्देशन दिए । प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन