परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ, १८ कार्तिक । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउनेबारे विचार-विमर्श भएको छ ।

परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित, आपसी सहयोग तथा विकास निर्माणका साझा प्राथमिकताका विविध विषयमा छलफल भएको छ ।

उनीहरुले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् । दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।

काठमाडौँ, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहकार्य गरेका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन आह्वान

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक