सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहकार्य गरेका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन आह्वान गरेका छन् । 

आज पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले केपी शर्मा ओली, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतृत्वमा रहेका कम्युनिस्ट समूहलाई पनि एकताबद्ध गर्नुपर्ने बताएका हुन् । 

उनले देश असाधारण संकटबाट गुज्रिरहेको भन्दै कम्युनिस्ट मात्र नभई देशभक्त र लोकतन्त्रवादी शक्तिबीचको एकता पनि ऐतिहासिक आवश्यकता बनेको बताए । 

उनले भने, “विगतमा हामीले एकता गर्‍यौँ । थुप्रै उतारचढावहरू भोग्यौँ । आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइ, बुझाइ र भावनालाई अझ फराकिलो गर्नुपर्ने अवस्था आएको छ,” । 

सबैखाले आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक

काठमाडौँ, १७ कार्तिक । सरकारले आज र भोलि दुई दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन

बुटवल, १७ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार