परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ, १८ कार्तिक । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउनेबारे विचार-विमर्श भएको छ ।

परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित, आपसी सहयोग तथा विकास निर्माणका साझा प्राथमिकताका विविध विषयमा छलफल भएको छ ।

उनीहरुले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् । दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित

काठमाडौँ, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ