आजको मौसम

काठमाडौँ, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको  हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

त्यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आफूलाई आईजीपीबाट हटाएको भन्दै

काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले

काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर

काठमाडौँ, ९ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको