बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, १८ कार्तिक । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मगलबार दिउँसो निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।

घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।

जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा आज बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।

काठमाडौँ, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, १७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा सहकार्य गरेका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन आह्वान

काठमाडौँ, १७ कार्तिक । नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ । मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक