शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सो भेटमा उनीहरूले फुलब्राइट लगायतका अमेरिकी आदान–प्रदान कार्यक्रमहरूमा सहभागी भई स्वदेश फर्किएका नेपालीहरूको भूमिकाबारे छलफल भएको थियो ।

सन् २०२८ को लस एन्जलस ओलम्पिक तथा पाराओलम्पिक खेलकुदलाई लक्षित गर्दै, उनीहरूबीच खेलकुद कूटनीतिका अवसरहरूबारे पनि छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भेटमा प्रशिक्षण, खेलाडी विकास र खेलकुद व्यवस्थापनका क्षेत्रमा अमेरिकी विज्ञतालाई नेपाली खेलाडी तथा प्रशिक्षकहरूसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई