६ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसअनुसार सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोकको सिफारिसमा युवराज डाँगी मुख्य व्यक्ति रहेको निलगिरी निर्माण सेवा प्रालि (काठमाडौँ) र सडक पूर्वाधार विकास कार्यालय, गुलरियाको सिफारिसमा राजन कुमार पोखरेल मुख्य व्यक्ति रहेको  लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालि (बुटवल) लाई सर्वाधिक ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यसैगरी, सस्पेन्सन ब्रिज डिभिजनकै सिफारिसमा गौरीलाल डाँगी मुख्य व्यक्ति रहेको  हरिहरि-शर्मिला जेभी (घोराही, दाङ) लाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ जसमा हरिहरि निर्माण सेवा र शर्मिला कन्स्ट्रक्सन सेवा आबद्ध छन् ।

त्यस्तै, सडक डिभिजन दमौलीको सिफारिसमा कविन्द्र अधिकारी मुख्य व्यक्ति रहेको विन्ध्यवासिनी निर्माण सेवा (गोरखा) र देवेन्द्रजंग कुँवर मुख्य व्यक्ति रहेको अनुपमा निर्माण सेवा (गोरखा) तथा सामाजिक विकास कार्यालय, धुलिखेलको सिफारिसमा शर्वेश आचार्य मुख्य व्यक्ति रहेको  सौरभ कन्स्ट्रक्सन (इटहरी) लाई १-१ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक

सिरहा, १३ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले  सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि