कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पौष मसान्तसम्म थप

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद आगामी पौष मसान्तसम्म थपेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीहरूको अनुरोध तथा उद्योगी–व्यवसायीले भोगेका समस्या मध्यनजर गर्दै यस्तो छुटको म्याद लम्ब्याएको बताएको छ ।

यसअघि यस्तो छुट सुविधा लिने अन्तिम म्याद २०८३ असोज मसान्तसम्म मात्र थियो । तर, ९ कात्तिकमा भएको निर्णय अनुसार उक्त म्याद बढाएर २०८३ पौष मसान्तसम्म कायम गरिएको छ ।

मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भई कानुन बमोजिम समयमै विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना तिर्न बाँकी रहेका कम्पनीलाई लक्षित गरी यो व्यवस्था गरिएको हो ।

यो व्यवस्था अनुसार त्यस्ता कम्पनीले आफ्नो कारोबार नियमित राख्न वा दर्ता खारेज (बन्द) गर्न चाहे आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने नियमित कर, शुल्क, दस्तुर तथा विवरण आउँदो पुस मसान्तभित्र पेस गर्नुपर्ने छ । तोकिएको अवधिभित्र विवरण पेस गरे त्यसभन्दा अघिका वर्षहरूमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्णरूपमा मिनाहा हुनेछ ।

व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार

काठमाडौँ, १३ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तार गर्ने क्रममा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द

काठमाडौँ, १३ कार्तिक । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक

काठमाडौँ, १३ कार्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ