नेप्से परिसूचक ०.९४ अंकले बढ्यो

काठमाडौँ, १० कार्तिक । नेपाल स्टक एक्सचेन्ज परिसूचक सामान्य अंकको सुधार भएको छ। कारोबार समयको अन्त्यमा नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो ।

बजारमा सुरुवाती समयमा केही गिरावट देखिए पनि पछिल्लो समयमा सुधार हुँदै परिसूचक सामान्य वृद्धि भएर बन्द भएको हो।

आज बजारमा कुल ३६० वटा सूचीकृत कम्पनीहरूका ५३ हजार ३० पटकको कारोबारमार्फत १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर किनबेच भएका छन्। यस दिन कुल ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा १३५ कम्पनीको मूल्य बढेको छ । १३६ कम्पनीको मूल्य घट्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा बेनी हाइड्रोपावरका सेयरधनीहरूले सर्वाधिक कमाएका छन्, जसको सेयर मूल्य १४.९८ प्रतिशतले बढेको हो । त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाको मूल्य १२.०९ प्रतिशत बढेको छ । अन्य कम्पनीमा भने दोहोरो अंकको वृद्धि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई