काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुन:स्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।
आज स्याङ्जाको पुतलीबजारमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । ‘कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,’ उहाँले भन्नुभयो, ‘विश्वास पुन:स्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।’
सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिए । विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।






