चोरी भएको मोटरसाइकलसहित दुई जनालाई पक्राउ

काठमाडौँ, १ कार्तिक । पोखरामा चोरी भएको एक घण्टामै प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८१ असोज ३० गते राति करिब १०:०० बजे पोखरा महानगरपालिका वडा नं. १६ सीतापाईलाबाट ग १९ प १०९१ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएको थियो । 

सूचनालगत्तै खोजतलास सुरु गरेको प्रहरी चौकी छोरेपाटनको टोलीले राति ११:०० बजे पोखरा महानगरपालिका वडा नं. १७ सिमलटुडाबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई फेला पारेको हो । 

पक्राउ पर्नेमा मोटरसाइकल चलाइरहेका पोखरा महानगरपालिका वडा नं. ७ मासबार बस्ने ३१ वर्षीय सागर गुरुङ रहेका छन् । यस्तै पछाडि सवार लमजुङ बेशिसहर नगरपालिका वडा नं. ७ मिलनचोक स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक बस्ने २५ वर्षीय किरण ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवै जनामाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ असोज । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ । यस्तो अवस्थामा

एजेन्सी, ३१ असोज । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । पद सम्हालेको पाँच दिनभित्रै उनको

एजेन्सी, ३० असोज । यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ

एजेन्सी, ३० असोज । संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले