एजेन्सी, ३१ असोज । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ ।
यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् ।
ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाबसँगै नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरू जारी राखेको छ । विभिन्न रिपोर्टअनुसार, अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानले तेल बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा २५ अर्ब डलर गुमाइसकेको छ ।
यसका अतिरिक्त, सेन्टकम र अमेरिकी अर्थ मन्त्रालयले पछिल्ला साताहरूमा इरानसँग सम्बन्धित ३५ करोड डलर बराबरको क्रिप्टोकरेन्सीसमेत रोक्का गरेका छन् ।







