यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा आक्रमण हुँदा पाँच जनाको मृत्यु

एजेन्सी, ३० असोज । यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

यमन सरकारले दिएको जानकारीअनुसार मृत्यु हुने र घाइते हुनेमा राष्ट्रपतिको कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी रहेका छन् । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालय रहेको अल-माशिक राष्ट्रपतिको कार्यालय परिसरमा आक्रमण भएको हो ।

यसअघि बिहीबार स्थानीय सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारीअनुसार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । एडेनको अल-बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई पनि निशाना बनाइएको थियो । आक्रमणका क्रममा एडेनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपास धुवाँ उठेको सिन्ह्वाका घटनास्थलमा रहेका संवाददाताले जनाएका छन् ।

स्थानीय स्रोतका अनुसार हुथी समूहसँग लड्न साउदी समर्थित सरकारी सेनालाई तयार पार्ने उद्देश्यले हालै उक्त परिसरमा उच्चस्तरीय बैठकहरू भएका थिए । हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई निशाना बनाइएको बताएका छन् । तर, उनले उक्त मुख्यालयको ठ्याक्कै स्थान भने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक

काठमाडौँ, ३० असोज । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको

काठमाडौँ, ३० असोज । २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल ।    मेष :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ

काठमाडौँ, २९ असोज । काठमाडौँको रानीपोखरीमा एक जनाको शव फेला परेको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार एक पुरुषको शव