अमेरिकाको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी, ३० असोज । संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बीबीसीको अमेरिकी साझेदार संस्था सीबीएस न्युजका अनुसार ज्यान गुमाउनेहरूमध्ये तीन जना बालबालिका रहेका छन् । घटनामा संलग्न सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भइसकेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति सम्भवतः कुनै सर्वसाधारण को प्रतिकारमा मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

ओरेगनको बेन्डस्थित अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १ः०० बजे सिल्भर रेल एलिमेन्टरी स्कुल मा उक्त घटना भएको हो । एक अज्ञात व्यक्तिले विद्यालय प्रवेश गर्नुअघि बाहिर एउटा कारमाथि गोली चलाएको सूचना प्राप्त भएपछि प्रहरी टोली तुरुन्त घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक

काठमाडौँ, ३० असोज । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको

काठमाडौँ, ३० असोज । २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल ।    मेष :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ

काठमाडौँ, २९ असोज । काठमाडौँको रानीपोखरीमा एक जनाको शव फेला परेको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार एक पुरुषको शव